दफा २८
विद्युतीय प्रणालीको प्रयोग
(१) सार्वजनिक निकायले सेवा प्रवाहको लागि विद्युतीय प्रणालीको प्रयोग गर्न सक्नेछ। त्यस्तो प्रणालीमा तोकिए बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आयोगको पहुँच हुनेछ।
(२) आयोगले अनुगमन वा मूल्याङ्कन सम्बन्धी कार्यलाई व्यवस्थित र छिटो छरितो बनाउन विद्युतीय माध्यमबाट व्यवस्थापन सूचना प्रणालीको विकास र सञ्जालीकरण- (नेटवर्किङ) गर्नेछ। त्यस्तो प्रणालीमा सबै सार्वजनिक निकायहरु आबद्व हुनेछन् र सोको प्रयोग सम्बन्धी आयोगले जारी गरेका निर्देशनहरू पालना गर्नेछन्। स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि "व्यवस्थापन सूचना प्रणाली" भन्नाले योजना तथा विभिन्न क्रियाकलापसँग सम्बन्धित सूचनालाई व्यवस्थित रूपमा एकत्रित गरी सम्बन्धित निकाय वा तहसम्म पुच्याउने पद्धति सम्झनु पर्छ।